समाज


राशिफल २ चैत : मिथुनको स्वास्थ्य प्रतिकूल रहने, कन्याको पुराना साथीभाइसित भेट हुने, तपाईँको के?

राशिफल २ चैत : मिथुनको स्वास्थ्य प्रतिकूल रहने, कन्याको पुराना साथीभाइसित भेट हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत २, २०८१ शनिबार ४:४०, काठमाडौँ

आज शनिबार, २ चैत २०८१ (१५ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

वृष : लाभहानि बराबर हुनेछ। महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : अवरोध सृजना हुन सक्ने सम्भावना छ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः  सचेत रहनु होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। साँझमा सहयोग गर्नेहरू धेरै भेटिनेछन्। शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३५, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट : रमणीय र सुखद यात्रा हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। धर्मकर्ममा मन लाग्नेछ। बोलीवचनमा भने संयमता अपनाउनुपर्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। कालो रङको प्रयोग नगर्ने।

सिंह : अतिथिको रूपमा सत्कार पाइएला। रोकिएका कामले आज पूर्णता पाउनेछन्। मानसिक शान्ति मिल्नेछ। सोचेका, सुरु गरेका काम आरामपूर्वक सम्पन्न हुनेछन्। बोलीवचनमा भने संयम हुनुपर्ने देखिन्छ।

भाग्यशाली रङ आकासे र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कन्या : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ। हाँसखेलको समय रहेको छ। कला तथा प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका पनि छ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

तुला : आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। अनावश्यक ठाउँमा धन खर्च हुनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८ व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृश्चिक : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। शुभ समाचार सुन्न पाइएला। प्रणय सम्बन्धमा सकारात्मक नै हुने देखिन्छ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा पनि ७२ र शिक्षामा  ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : समय मध्यम खालको छ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। कार्य क्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : निर्णय कार्यान्वयन हुन नसक्ला। काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्नेछ। यात्रामा सावधानी अपनाउनुपर्ने देखिन्छ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मनमा शान्तिको अनुभूति हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad