समाज


माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना

नेपालखबर
चैत १, २०८१ शुक्रबार १४:४९, काठमाडौँ

शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको छ।

शुक्रवार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा धर्ना दिएको हो। शिक्षक, कर्मचारीहरूले अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्।

धर्ना कार्यक्रमपछि रिले अनशनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ।

उनीहरूले चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन सरकारसँग माग गरेका छन्।

शिक्षक महासंघले स्थायी नियुक्ति, बढुवा, सेवा सुविधामा सुधार र पेशागत सुरक्षाका माग पूरा नभएको भन्दै माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका हुन्। सरकारले पटक–पटक आश्वासन दिए पनि माग सम्बोधन नभएको भन्दै शिक्षकहरू धर्नामा बसेका हुन्।

यसअघि शिक्षकहरूले नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि धर्ना दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad