ad ad

समाज


उपत्यकामा संक्रमण रोक्ने औषधि छर्किने काम तीव्र, १० ट्यांकर परिचालन

उपत्यकामा संक्रमण रोक्ने औषधि छर्किने काम तीव्र, १० ट्यांकर परिचालन

नेपालखबर
चैत १३, २०७६ बिहिबार ६:३९,

सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन महानगरले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ। यस क्रममा आज बिहान ३ वटा जेटले औषधि छरे।

तीनवटामध्ये एउटा बबरमहल — बानेश्वर — तीनकुने — सिनामंगल क्षेत्रमा खटिएको थियो भने अर्को जमल — लाजिम्पाट — पानीपोखरीहुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको थियो।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार आज दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्यांकर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उनको भनाइ छ ।

हिजो वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन÷निस्संक्रामक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .