समाज


कोरोना संक्रमित युवतीसँगै जहाजमा थिए बाँकेका पनि ४ जना, पत्ता लगाएर राखियो क्वारेन्टिनमा

कोरोना संक्रमित युवतीसँगै जहाजमा थिए बाँकेका पनि ४ जना, पत्ता लगाएर राखियो क्वारेन्टिनमा

नेपालखबर
चैत १३, २०७६ बिहिबार २:५५,

फ्रान्सबाट नेपाल फर्केकी कोरोना संक्रमित १९ वर्षीय युवतीसँगै जहाजमा आएका बाँकेका चार जनालाई क्वारेन्टिनमा राखिएको छ।

फ्रान्सबाट कतार हुँदै आएकी ती युवतीसँगै बाँकेका चार जना परिन रहेको भन्दै परिपत्र पुगेपछि बाँके प्रहरीले उनीहरूलाई पत्ता लगाएर नेपालगन्जस्थित क्वारेन्टिनमा राखेको हो।

उक्त विमानमा चढेका उनीहरूको नाम, नागरिकता नम्बर खुले पनि ठेगाना खुलेको थिएन। प्रहरीले जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता नम्बर रुजु गराएपछि ती व्यक्ति पत्ता लागेका हुन्।

अब १४ दिन क्वारेन्टिनमा राखेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने र कोरोना संक्रमण देखिए उनीहरूका परिवारलाई समेत क्वारेन्टिनमा राख्ने तयारी प्रहरीले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad