समाज


वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपालखबर
फागुन २५, २०८१ आइतबार १७:५१, काठमाडौँ

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले संखुवासभाको मकालु गाउँपालिका– २घर भइ हाल बूढानीलकण्ठ नगरपालिका–८ बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको ईन्द्र सरोवर गाउँपालिका ३ घर भएका ३१ वर्षीया एलिना पुरीलाई पक्राउ गरेको हो।

विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाई छ।

प्रहरीका अनुसार सालिकरामले एकजना पीडितबाट ५ लाख रुपैयाँ र एलिनाले क्यानडा पठाउने भन्दै १ जनाबाट १ लाख ५० हजार रुपैयाँ लिएका थिए।     

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad