नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले अनेमसङ्घ केन्द्रीय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधनग गर्दै यस्तो बताएकी हुन्।
उनले अहिले पनि सामन्ती अवशेषहरू अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन्। सामन्ती अवशेष अन्त्य गर्न वैचारिक सङ्घर्ष जरुरी रहेको उनको भनाइ छ। जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्ने बताइन्।
‘सोचमा रूपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ। अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ। पितृसत्ता छ। सामन्ती अवशेषहरू बाँकी रहेका छन्। सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ। त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ। सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक सङ्घर्ष जरुरी छ,’ उनले भने, 'सामन्ती अवशेष सहजै हट्दैन। अहिले जलवायु परिवर्तनको कुरा गरिरहँदा अत्यन्तै जटिलतापूर्ण छ। जलवायु परिवर्तनको मुद्दा राजनीतिक मुद्दा बन्नुपर्छ। जलवायु परिवर्तनले नेपालपीडित हो। अब यो विषयलाई सामान्य छलफल गरेर पुग्दैन। अझै गहिराईका साथ छलफल गर्नुपर्छ। जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्छ।’
Shares

प्रतिक्रिया