काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमतीमा एक महिलाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार मृत फेला परेकी महिलाको सनाखत हुन सकेको छैन। अन्दाजी ४५ वर्षकी महिलाको शव नदीको बीच भागमा फेला परेको हो।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। महिलाको सनाखतका लागि प्रयास भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
363
Shares

प्रतिक्रिया