डिजिटल वालेट ‘खल्ती’ले एनसेलसँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ।
यस नयाँ सुविधाअन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने भएका छन्।
निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन्।
यसका सँगसँगै पहुँच भएका प्रयोगकर्ताहरूलाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी ठहरिन सक्छ।
कम्पनीका अनुसार यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पेदेखि लिएर मुभी, इभेन्ट, खल्ती क्विजजस्ता इनोभेटिफ सेवासम्मको सुविधा प्रयोग गर्ने पाउनेछन्।
यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन २५ र चैत ३) मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ। उक्त दिनहरूमा खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना १०० प्रतिशत पक्का), एयर बड (२ जनालाई), एक जोडा फिल्म टिकट (२० जनालाई) र ५ अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भीआईपी टिकट (२ जनालाई) जित्ने मौका पाउनेछन् ।
खल्तीका युजर हेड रौनक मुखियाले एनसेलसँगको यस सहकार्यले खल्तीको हरेक नेपाली माझ नेपालको हरेक कुना काप्चामा डिजिटल पहुँच पुराउने डिजिटल समावेशीको नारालाई एक नयाँ डाइमेन्सन दिनेमा विश्वस्त रहेको बताए।
यस सुविधाबारे हरेकलाई जानकारी दिन र यस सुविधाको अधिकतम लाभ उठाउन उनले आग्रह गरे।
Shares

प्रतिक्रिया