समाज


तोडफोड गर्नेलाई कारबाही गर्न त्रिविले गुहार्‍यो सरकार

तोडफोड गर्नेलाई कारबाही गर्न त्रिविले गुहार्‍यो सरकार

नेपालखबर
फागुन २४, २०८१ शनिबार २१:८, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले हालै आफ्ना कार्यालयहरूमा भएको तोडफोड घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति जारी गरी तोडफोड जस्तो गतिविधिले शैक्षिक वातावरणलाई अवरुद्ध पार्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा विश्वविद्यालयले आफ्नो जिम्मेवारी भित्रका समस्या तथा मागहरूलाई सम्बोधन गर्न वार्ता र संवादका लागि सधैं तयार रहेको स्पष्ट पारेको छ। साथै, कुनै पनि व्यक्तिगत वा समूहगत असहमति वा माग सम्बोधनका लागि कानुनी र शान्तिपूर्ण उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ।

विश्वविद्यालयले तोडफोड जस्ता अपराधिक क्रियाकलापलाई सह्य नहुने बताउँदै, दोषीहरूलाई कानुनी कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, विश्वविद्यालयका सम्पत्तिहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

त्रिभुवन विश्वविद्यालयका प्रमुख सूचना अधिकारी शान्ता कुमारी न्यौपानेद्वारा जारी विज्ञप्तिमा शिक्षालयमा शान्ति, सुव्यवस्था तथा मर्यादा कायम राख्न सबै पक्षलाई जिम्मेवार रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad