समाज


नेपालमा एकैदिन भूकम्पका ३ धक्का, काठमाडौँमा १० दिनभित्र दुईपटक

नेपालमा एकैदिन भूकम्पका ३ धक्का, काठमाडौँमा १० दिनभित्र दुईपटक

नेपालखबर
फागुन २४, २०८१ शनिबार २०:५४, काठमाडौँ

नेपालमा आज (फागुन २४ गते) एकैदिन भूकम्पका ३ धक्का गएका छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३:१४ बजे म्याग्दीमा ४ म्याग्निच्युड र यसको ३ घण्टापछि बिहान ६:२० बजे बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प गएका हुन्। 

यसपछि आजै दिउँसो २:३५ बजे तिब्बत केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौँसम्म धक्का महसुस भएको हो। साथै पूर्वी जिल्लामा पनि धक्का महसुस भएको बताइएको छ। 

‘आज एकैदिन नेपालमा भूकम्पका ३ धक्का गएका छन्’, भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालखबरसँग भने, ‘बिहान म्याग्दी र बागलुङमा दिउँसो तिब्बतको भूकम्पले काठमाडौँसम्म धक्का।’ 

यसैबीच आजको समेत गर्दा काठमाडौँ उपत्यकामा १० दिनभित्र भूकम्पका २ धक्का गएका छन्।

यसअघि फागुन १५ गते राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ नराम्ररी हल्लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad