समाज


सगरमाथा क्षेत्रबाट १० पर्यटकको हेलिकप्टरमार्फत उद्धार

सगरमाथा क्षेत्रबाट १० पर्यटकको हेलिकप्टरमार्फत उद्धार

नेपालखबर
चैत १२, २०७६ बुधबार १६:१९,

सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ। केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमाडौं पठाइएको छ।

उनीहरुलाई गाउँपालिकाका विभिन्न स्थानबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन्। मंगलबार विभिन्न हेलिकोेप्टरमार्फत छ जनाको उद्धार गरिएको थियो भने आज गाउँपालिकाको पाङबोचेबाट चार जनाको उद्धार गरिएको हो।

नेपाल नागरिक उड्य प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीका अनुसार आज उद्धार गरिएका चारै जना रसियान नागरिक हुन्। अधिकांश लेक लागेर बिरामी परेका छन् भने केहीलाई चोटपटकसमेत लागेको छ। लुक्ला प्रहरीले दिएको तथ्याङकअनुसार अहिले लुक्लामा १३६ जना विदेशी पर्यटक छन्।

नेपाल सरकारले कोरना सङ्क्रमणको जोखीमलाई मध्यनजर राख्दै लक डाउन गरेपछि करिब ३०० पर्यटक खुम्बु क्षेत्रमानै अलपत्र परेका छन्।

अलपत्र परेका पर्यटकलाई कुनैपनि स्वास्थ्य समस्या आएमा तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्नुपर्छ। यस क्षेत्रमा स्वास्थ्य व्यवस्था भरपर्दो नहुँदा विदेशी पर्यटक तथा उनीहरुका सहयोगीसमेतको थप उपचारको लागि हेलिकोप्टर कै प्रयोग गरी काठमाडौँ लाने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad