समाज


सिमानाका खोल्ने माग सर्वोच्चद्वारा अस्वीकार

सिमानाका खोल्ने माग सर्वोच्चद्वारा अस्वीकार

नेपालखबर
चैत १२, २०७६ बुधबार १६:२,

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्र्वीकार गरेको हो। अदालतले उक्त विषयमा छलफल गर्नका लागि २४ गतेलाई बोलाएको छ।

यही चैत १० गते कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित ८ वटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाई अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले सर्वोच्च अदालतमा रिट निवदेन दायर गरेका थिए।

रिट निवेदनमा नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज आउन दिनुपर्ने र आफू आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनपर्ने माग गर्दै रिट निवेदन गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad