समाज


सुरु भयो होलीको रौनक, वसन्तपुरमा ठडियो तीनतले चीर (तस्बिरहरू)

सुरु भयो होलीको रौनक, वसन्तपुरमा ठडियो तीनतले चीर (तस्बिरहरू)

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार ११:२४, काठमाडौँ

आज काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर होली पर्वलाई आगमन गरिएको छ।

वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि होली पर्व सुरु भएको मान्ने गरिन्छ।

आज (शुक्रबार) बिहान ८:३३ बजेको शुभ साइत पारेर मान्नधर समुदायले रङ्गीचङ्गी चीर ठड्याएर एकअर्कालाई अबिर दलेर होलीको आगमन गरेका हुन्।

आजै, काठमाडौँको पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक र ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने प्रचलन छ।

 हनुमानढोका दरबार क्षेत्रमा मान्नधर समुदायले चीर ठड्याएपछिको रौनक-

(तस्बिरहरू : न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad