समाज


६ देशका राजदूतले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाण पत्र

६ देशका राजदूतले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाण पत्र

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १७:१७, काठमाडौँ

विभिन्न ६ देशका गैरआवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बिहीबार राष्ट्रपति निवास शितलनिवासमा पुगेर उनीहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। 

गणतन्त्र गिनीका अलास्सेन कोन्टे, गणतन्त्र युगाण्डाका जोइस काकुरामत्सी किकाफुण्डा, बोस्निया तथा अर्जगोभिनाका जारिस हर्ले, गणतन्त्र ग्वाटेमालाका उमर लिसान्ड्रो कास्टानेडा, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउत्सोमितोपौलोले ओहोदाका प्रमाणपत्र पेस गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad