नेपाली सेनाका महासेनानीहरूको लागि सैनिक वार कलेज नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। वार कलेजमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले बिहीबार एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरेका हुन्।
सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने यो सबैभन्दा उच्चस्तरको तालिम हो। तालिममा २ महिलासहित ३५ जना महासेनानीहरू सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ।
२०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा यस्तो तालिम सञ्चालन हुन थालेको हो। हालसम्म १३ महिलासहित ३४० जना सैनिक अधिकृतहरूले तालिम लिइसकेका छन्।
5.3k
Shares

प्रतिक्रिया