ad ad

समाज


कोरोना परीक्षणका लागि नमुना ल्याउन विराटनगर र नेपालगञ्जसम्म दैनिक उडान

कोरोना परीक्षणका लागि नमुना ल्याउन विराटनगर र नेपालगञ्जसम्म दैनिक उडान

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:१६,

सरकारले उपत्यकाबाहिर संकलन भएका कोरोना संक्रमण आशंका गरिएको व्यक्तिको नमुना ल्याउन विराटनगर र पश्चिममा नेपालगञ्जबाट बेलुका दैनिक उडान गर्ने भएको छ।

कोरोना संक्रमितहरुको नमुना संकलन देशैभर हुने भएपनि त्यसको परीक्षण टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै हुने गरेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विभिन्न ठाउमा संकलन भएका नमुनालाई दैनिक विमानमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको बताए।

यस्तै उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा समेत कोरोना परिक्षण गर्न लागिएको जानकारी दिए। यो व्यवस्था क्रमशः सातै प्रदेशमा गरिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .