ad ad

कारोबार


मल्होत्राले दिए स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क

मल्होत्राले दिए स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:१२,

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले सरकारलाई ५० हजार थान मास्क प्रदान गरेका छन्।

बुधबार मल्होत्राले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको चेम्बरले जनाएको छ। यसका साथै चेम्बरले भोलि बिहीबार विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ।

नेपाल चेम्बर अफ कर्मसको सहकार्यमा व्यवसायी दीपक मल्होत्राले भारतको चेन्नाइबाट मास्क उत्पादन गर्ने मेसिन ल्याएका छन। उक्त मेसिनले सामेबारदेखि मास्क उत्पादन सुरु गरेको थियो।

मुलुकभर ‘लकडाउन’को अवस्था भएकाले सरकारी निकायबाट मास्क वितरण गर्न लागिएको उनले बताए। बजारमा मास्क जान नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त मास्क खरिद गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .