ad ad

समाज


काठमाडौंका बढी भिड हुने स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’

काठमाडौंका बढी भिड हुने स्थानमा ‘डिसइन्फेक्सन स्प्रे’

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:१६,

काठमाडौं महानगरपालिकाले आजबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे (किटनाशक औषधि) छर्कन थालेको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। 

‘काठमाडौं महानगपालिकाले बढी भिडभाड हुने भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट किटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको छ,’ प्रमुख शाक्यले भने, ‘सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ।’

महानगरपालिकाले ५ थान जेट मेसिन र निजी क्षेत्रको ६ थान मेशिनले आजबाटै स्प्रे शुरु गरेको बताएको छ। आज कालिमाटी, हनुमान ढोका, क्षेत्रपाटी, ठमेल, टेकुमा स्प्रे गर्ने महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले दैनिक १ ठाउँमा एक पटक स्प्रे गर्ने बताए।

यस्तै, महानगरले खाद्यान्नको अभाव हुन नदिने प्रतिवद्धता पनि जनाएको छ। प्रमुख शाक्यले सकेसम्म महानगवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए।

 शाक्यले त्यस्तो कुनै पनि समस्या भए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समयमा पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए। उनले कुनै पनि ठाउँमा फोहोर थुप्रिएको जानकारी पाउने वित्तिकै त्यस ठाउँको फोहोर तुरुन्त उठाउने गरी जनशक्ति खटाएको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .