यतिबेला (बिहीबार दिउँसो) काठमाडौँ उपत्यकाको मौसम धुम्मिएको छ। अर्थात् घाम देखिएको छैन।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले काठमाडौँ उपत्यकाको मौुसम साधारणतया बदलीको अवस्थामा छ। यसको अर्थ आकाशमा बादल लागेको छ।
‘त्यस्तो वर्षाको सम्भावना त देखिएको छैन’, उनले भनिन्, ‘कतै-कतै पानी छिटाउन सक्छ, तर मापन गर्न मिल्ने गरी वर्षा हुने देखिन्न।’
मौसमविद् कँडेलका अनुसार काठमाडौँ उपत्यकाआसपास आज मेघगर्जन (गड्याङगुडुङ) पनि हुनसक्छ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले यतिबेला काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम बदली भएको उनले बताइन्।
‘तर तत्काल (बिहीबार दिउँसो करिब २ बजे) पानी कतै परेको देखिन्न’, मौसमविद् कँडेलले भनिन्।
2.4k
Shares

प्रतिक्रिया