राजनीति


अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा

अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १४:०, काठमाडौँ

प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ। 
बिहीबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पौडेलको राजीनामा माग गरेका हुन्।   

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा डा.संगिता मिश्रलाई बढुवा नगरेको भन्दै उनले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।  

'मन्त्रिपरिषद्को एउटा निर्णयले बोल्न बाध्य भएँ। स्वास्थ्य मन्त्रालयको सिनियर थियो संगिता मिश्र तीनलाई बढुवा नगरी संविधान मिच्ने कायम भयो,' उनले भने,'संगीता मिश्रको गल्ती के थियो? महिला भएर जन्मिनु गल्ति थियो कि?'

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीलाई तत्कालै बर्खास्त गर्न माग गरेका थिए। 

'स्वास्थ्यमन्त्री मैले पढाएको विद्यार्थी हो। तर उहाँले भन्नु भएको छ यो मन्त्रालयमा मधेशी रहँदैन। यतिमात्रै होइन जनजाति रहँदैन। दलित रहँदैन भन्नु भएको छ,' उनले थपे, 'संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै एकलजातीय शासन त गर्न खोजेको होइन?'

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad