समाज


मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्नेको मृत्यु, चालक घाइते

मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्नेको मृत्यु, चालक घाइते

नेपालखबर
फागुन २०, २०८१ मंगलबार ९:१०, मकवानपुर

मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी ७ मा पश्चिबाट हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर १६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन्। उनलाई थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ। 

ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad