पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयाघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले नेपालखबरलाई जानकारी दिए।
'उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ,' उनले भने, 'अस्पतालले सबै ठिक छ भनेको छ।'
यसअघि २०८० भदौ १५ गते पनि हृदयाघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
5.2k
Shares

प्रतिक्रिया