प्रवास


पोल्यान्डमा मनाइयो ४३औँ मगर दिवस, नवराजको अध्यक्षतामा नयाँ शाखा गठन

पोल्यान्डमा मनाइयो ४३औँ मगर दिवस, नवराजको अध्यक्षतामा नयाँ शाखा गठन

नवराज राना मगरको अध्यक्षतामा नेपाल मगर संघ पोल्यान्ड शाखा गठन गरिएको हो


शेरबहादुर परियार
फागुन १९, २०८१ सोमबार १४:२९, पोल्यान्ड

युरोपेली मुलुक पोल्यान्डमा मगर समुदायले ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन्।

पोल्यान्डको चौथो ठूलो सहर ब्रोस्वाबस्थित दियो रेस्टुरेन्टमा सोमबार समुदायले आफ्नो दिवस शुभकामना आदानप्रदानसहित मनाएका हुन्।

प्रवासमा रहेर पनि आफ्नो समुदायको भाषा तथा संस्कृति, ऐतिहासिक पक्ष, रीतिरिवाज, रहनसहन र भाइचारा सम्बन्धलाई विकास गर्ने उद्देश्यसहित दिवस मनाइएको आयोजकको भनाई छ।

कार्यक्रमसाथै हिजै नेपाल मगर संघ पोल्यान्ड शाखाको गठन पनि गरिएको छ।

मगर समुदायको स्थापना दिवसको अवसर पारी नवराज राना मगरको अध्यक्षतामा २५ सदस्यीय नेपाल मगर संघ पोल्यान्ड शाखा गठन गरिएको हो।

भविन्द्र गाहा मगरलाई संरक्षकमा चयन गरिएको शाखाको उपाध्यक्षमा ललितबहादुर थापा र भविन्द्र थापा मगर चुनिएका छन्।

त्यस्तै, महिला उपाध्यक्षमा ईनकुमारी फगामी मगर, सचिवमा जीवन सिन्जाली मगर र महिला सचिवमा खेममाया रोका मगर चयन भएका छन्।

त्यसैगरी, शाखाको कोषाध्यक्षमा रमेश पुलामी मगर र सहकोषाध्यक्षमा सुष्मा लुंगेली मगर छानिएका छन्।

आगामी दिनमा पोल्यान्डमा रहेका मगर समुदायलाई संस्थामा आबद्ध गर्दै यहाँ रहेका क्रियाशील संघसंस्थासँग सहकार्य गर्दै जाने नवनिर्वाचित सचिव जीवन सिन्जाली मगरले जानकारी दिए।

२०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा गठन भएको नेपाल लाङ्घाली परिवार संघको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते देश तथा विदेशमा एकता दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad