समाज


केयूमा उपकुलपति सिफारिसको माग गर्दै प्राध्यापक संघ आन्दोलनमा

केयूमा उपकुलपति सिफारिसको माग गर्दै प्राध्यापक संघ आन्दोलनमा

नेपालखबर
फागुन १९, २०८१ सोमबार १३:३०, काठमाडौँ

काठमाडौँ विश्व विद्यालय (केयू)का प्राध्यापकले उपकुलपति सिफारिसको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै केयू प्राध्यापक संघले एक साताको लागि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

यसअघि तीन दिन भित्र उपकुलपतिको नाम सिफारिस गर्न अल्टिमेटम दिएको संघले सो समयसम्म नाम सिफारिस नभएपछि आन्दोलनको घोषणा गरेको हो।

संघका अध्यक्ष डा.विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले जारी गरेको संयुक्त विज्ञप्तिमा पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाबका कार्यक्रमसहित आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख छ।

त्यस अवधिभित्र पनि नयाँ उपकुलपति नियुक्त नभए संघ दोस्रो चरणको आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। 

उपकुलपति छनोट समितिले यही फागुन २ र ३ मा उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्य सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो। तर समितिका सदस्यहरूबीच सहमति नहुँदा अझै नाम सिफारिस हुन सकेको छैन।

समितिमा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा संयोजक, अर्जुन कार्की र पूर्व सचिव जनार्दन नेपाल सदस्य छन्।

सभापति अधिकारी र महासचिव शाक्यले आइतबार जारी गरेको विज्ञप्तिमा पहिलो चरणको आन्दोलनको क्रममा प्रधानमन्त्री, शिक्षामन्त्री, सिनेट, उपकुलपति छनोट समिति लगायतलाई ज्ञापनपत्र बुझाउने र त्यतिन्जेलसम्म पनि माग पूरा नभए दोस्रो चरणको आन्दोनल घोषणा गरिने उल्लेख छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad