नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भएका विवाद संवादका माध्यमबाट टुंग्याउनुपर्ने बताएका छन्।
सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले नमिलेका कुरा संवादको माध्यमबाट टुंग्याउनुपर्ने बताएका हुन्।
उनले नेताहरूबीच एकता कायम हुँदा पार्टीप्रति आकर्षण बढ्ने दाबी गरे।
'यसो हुँदा हाम्रोपार्टीका प्रतिआज अझ बढी आकर्षण हुनेछ। देशभित्र बाहिर पनि।
उनले कांग्रेस-एमालेसहितको गठबन्धन सरकार सफल हुने दाबी पनि गरे। त्यस्तै देउवाले नेपालको लोकतन्त्र अत्यन्त्रै समावेशी भएको बताए।
105
Shares

प्रतिक्रिया