समाज


सिन्धुलीमा सवारी दुर्घटना, आठजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना, आठजना घाइते

नेपालखबर
फागुन १७, २०८१ शनिबार १५:४३, काठमाडौँ

सिन्धुलीको बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-५, मुल्कोटमा शनिबार (फागुन १७) दिउँसो सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०२-००१ ज ००६ नम्बरको विद्युतीय गाडी (ईभी) सडकछेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा काठमाडौं महानगरपालिका-१६ का ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका-७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन्।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार, घाइतेको अवस्था खतरामुक्त छ। थप उपचारका निम्ति उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको छ। सवारीचालक सिन्धुलीको कमलामाई नगरपालिका-७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल छन्।

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गतिमा रहेको थाहा भएको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए। सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad