समाज


राशिफल १८ फागुन: मेषले नजानेको काममा हात नहाल्दा राम्रो, सिंहले महत्वाकांक्षी योजना गोप्य राखेकै वेश, तपाईँको के?

राशिफल १८ फागुन: मेषले नजानेको काममा हात नहाल्दा राम्रो, सिंहले महत्वाकांक्षी योजना गोप्य राखेकै वेश, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन १८, २०८१ आइतबार ४:३५, काठमाडौँ

आज आइतबार, १८ फागुन २०८१ (२ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु हितकर हुनेछ। स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्नसक्छ। प्रेमीको साथ पाइनेछ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्रामा ४९ र सम्पूर्ण भाग्याङ्कमा ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष: विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। सहयोगीको साथ र काममा सोचेजस्तै सफलता मिल्नेछ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्रामा ५७ र सम्पूर्ण भाग्याङ्कमा ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।   

मिथुन: रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्रामा ५५ र सम्पूर्ण भाग्याङ्कमा ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।   

कर्कट: शुभ कार्यको समय छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्रामा ५१ र सम्पूर्ण भाग्याङ्कमा ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छल कपट नगर्ने।    

सिंह: महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। साँझमा मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्रामा ३६ र सम्पूर्ण भाग्याङ्कमा ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

कन्या: काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिन सक्छन्। तर सेतो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ। 

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्रामा ५८ र सम्पूर्ण भाग्याङ्कमा ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

तुला: नयाँ कार्यको योजना बन्नेछ। नयाँ काम सुरु गर्ने समय आएको छ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्रामा ७७ र सम्पूर्ण भाग्याङ्कमा ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

वृश्चिक: कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्रामा ५८ र सम्पूर्ण भाग्याङ्कमा ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकलाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। बलले भन्दा बुद्धिले सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ कामबाट फुर्सद मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्रामा ३६ र सम्पूर्ण भाग्याङ्कमा ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छल कपट नगर्ने।

मकर: धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला, तथा साहित्यमा रुचि बढ्नेछ तर प्रशासनिक निकायको भए भने रहनेछ।

भाग्यशाली रङ गुलाबी र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्रामा ५७ र सम्पूर्ण भाग्याङ्कमा ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

कुम्भ: रमणीय र सुखद् यात्राको योग छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ तर कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्रामा ५४, सम्पूर्ण भाग्याङ्कमा ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

मीन: मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। लामो यात्रा सुखद् र सफल हुनेछ तर खानपिनमा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्रामा ५५ र सम्पूर्ण भाग्याङ्कमा ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad