नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले भारत र चीनबीचमा सन्तुलनका साथ सम्बन्ध अघि बढाउन चाहेको बताएका छन्।
नेकपा एमाले मोरङको दशाैँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले भारत र चीनसँग जोडिएर विकासको काम गर्न चाहेको बताएका हुन्।
'हाम्रो कुनै देशप्रति वैरभाव राखिएको छैन,' उनले भने, 'हामी चिन पक्षीय वा भारत पक्षीय हैनौँ।'
त्यस्तै ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लदिमिर जेलेन्स्कीबीच भएको विवादित छलफललाई स्वाभीमान देशहरूले सकारात्मक लिन सकिने पनि बताए।
ज्ञवालीले भने,'तीन वर्षसम्म लगातार द्वन्द्वमा होमियो, अहिले आएर भएको खनिज हामीलाई दिने भए ठिक छ हैन भने आत्मसमर्पण गर भनिरहेको छ,' उनले भने, 'दशाैँ हजारको मृत्यु भएको छ, दशाैँलाख विस्थापित भएका छन् अहिले आएर आत्मसमर्पण गर भन्दै छ।'
उनले शक्ति राष्ट्रहरू कति निर्मम हुँदा रहेछन् र त्यसबाट साना देशहरू कसरी पिल्सिएका छन् भन्ने त्यो छलफलले पुष्टि गरेको बताए।
उनले नेकपा माओवादीप्रति लक्षित गर्दै उनले सबै मिलेर राखिएको कोसी प्रदेशको विषयलाई लिएर नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय राजनीति गरी हिंसा भड्काउन खोजेको आरोप लगाए।
Shares

प्रतिक्रिया