समाज


सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्तिको अन्त्य भएको छ: कृषिमन्त्री अधिकारी

सिंहदरबार चहारेर अनुदान लिने प्रवृत्तिको अन्त्य भएको छ: कृषिमन्त्री अधिकारी

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १७:३४, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताएका छन्। मन्त्री अधिकारीले सिंहदरबार चहार्ने र अनुदान लिने पद्धतिको अन्त्य भएको बताए।

कृषि ऐन चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी पनि उनले दिए। कृषिमार्फत चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयारी भइरहेको उनको भनाइ छ।

'ऐन चाँडै मन्त्रिपरिषद् हुँदै संसद्‌मा पुग्दैछ। कृषिमार्फत गरिबी घटाउँदै कम्तीमा आफनै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्‍याउने लक्ष्य ऐनले बोकेको छ,' उनले भने। किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्ने अधिकारीले जानकारी दिए।

विगत पाँच वर्षयता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै उनले कृषि र किसानको नाममा १ खर्ब ७ अर्ब रुपैयाँ वितरण भएको जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad