ad ad

समाज


नेपालमा कोरोना जँचाउनेको संख्या ह्वात्तै बढ्यो, दिनमै सय जनासम्म

नेपालमा कोरोना जँचाउनेको संख्या ह्वात्तै बढ्यो, दिनमै सय जनासम्म

नेपालखबर
चैत १२, २०७६ बुधबार ४:३३,

केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमणको शंकामा नमुना (स्वाब) परीक्षण गराउने संख्या ह्वात्तै बढेको छ।

नेपालमा दोस्रोपटक कोरोना संक्रमण भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराउने बिरामीको संख्या ह्वात्तै बढेको हो।

अहिले दिनमै ५० देखि १०० वटासम्म नमुना (र्‍याल) परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘अहिले कोरोना शंकामा परीक्षण गराउनेको संख्या बढेको छ,’ बुधबार बिहान प्रवक्ता देवकोटाले नेपालखबरसँग भने, ‘अहिले दिनमै ५० देखि १०० वटासम्म स्याम्पल (नमुना) आउने गरेका छन्।’

अहिलेसम्म नेपालमा टेकुस्थित प्रयोगशालमा मात्रा कोरोना भाइरस परीक्षण हुन्छ। अन्य अस्पतालले पनि शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर कोराना परीक्षणका लागि नमुना टेकुमै पठाउँछन्।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले मंगलबारसम्म ६१० नमुना परीक्षण गराइएको र त्यसमा २ जनाबाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

‘अब आज पनि केही रिपोर्ट आउँदै छन्,’ उनले भने, ‘भरे साँझसम्म रिपोर्ट प्रकाशन हुनेछ।’

प्रयोगशालाका प्रवक्ताले किन उठाउँदैनन् फोन?
प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले भने केही दिनयता फोन उठाउन छाडेका छन् भने निर्देशक डा. रुना झाले तथ्यांक दिन अस्वीकार गर्ने गरेकी छन्।

यसले गर्दा सञ्चारकर्मीलाई सर्वसाधारणमा सही सूचना सम्प्रेषण गर्न गाह्रो भइरहेको छ। यही मौकामा गलत सूचना र भ्रम फैलाउनेको खेती बढेको देखिन्छ।

बुधबार बिहान पनि नेपालखबरले प्रव्रक्ता गुप्तालाई धेरै पटक फोन डायल गर्‍याे तर उठाएनन्। केही बेरपछि नै उनकाे माेबाइल बिजी देखाउँछ  तर गर्दा फोन उठ्दैन।

जबकि नमुना परीक्षण गर्न चाहनेले पनि प्रवक्ता गुप्ताकै नम्बरमा सम्पर्क गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचनामा उल्लेख छ। उनले यसरी फोन नउठाएको देख्दा धेरै बिरामीले नमुना परीक्षण गराउनेबारे जानकारी लिन नपाएको सहजै अनुमान गर्न सकिन्छ।

यसैगरी बुधबार बिहानै प्रयोगशालाकी निर्देशक डा. रुना झाले पनि फोन त उठाइन् तर सूचना दिन अस्वीकार गर्दै फोन काटिन्।

याे पनि : 

रुघाखोकी लागेका ६० वर्षमाथिका सबैको कोरोना परीक्षण सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .