ad ad

राजनीति


रुघाखोकी लागेका ६० वर्षमाथिका सबैको कोरोना परीक्षण सुरु

रुघाखोकी लागेका ६० वर्षमाथिका सबैको कोरोना परीक्षण सुरु

नेपालखबर
चैत १२, २०७६ बुधबार १:३५,

सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ।

यसअघि विदेशबाट आएका, तिनका परिवार वा नजिकका व्यक्तिको मात्र  परीक्षण गर्ने गरिएकामा सरकारले कोरोना लक्षण मिलेका ६० वर्षभन्दा माथिका सबैको नमुना जाँच सुरु गरेकाे हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दीर्घरोगी र सघन उपचार कक्षमा रहेकाकाे समेत काेराेना परीक्षण गर्न थालिएको हो।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता देवकोटाले अन्य अस्पतालमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नुपर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको जानकारी पनि दिए।

संक्रमित युवती र कोरोना आशंका गरिएका अन्य १५ जना अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको उनले जानकारी दिए। तीमध्ये १० जना क्वारेन्टाइनमा र ५ बिरामी आइसोलेसनमा छन्।

यसैबीच कोरोना भाइरस पोजेटिभ देखिएकी युवती चढेको जहाजमा रहेका सबै व्यक्ति पहिचान भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

फ्रान्सबाट आएकी ती युवतीसँगै यात्रा गरेका व्यक्तिकाे खाेजी गरी पहिचान गरिएकाे मन्त्रालयका प्रवक्ता देवकोटाले बताए। संक्रमित युवतीसँग घरमा रहँदा सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा पठाइसकेको उनले जानकारी दिए।

यस्तै अहिलेसम्म ६ सय १० वटा स्वाब परीक्षण गरिएकामा २ जनाबाहेक अन्यमा कोरोना संक्रमण नभएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .