ad ad

समाज


विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

नेपालखबर
चैत १२, २०७६ बुधबार ४:३५,

स्याङजाको वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन्।

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड-१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेका नगरपालिकाले जनाएको छ।

‘नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ’, नगर प्रमुख दिलीपप्रताप खाँडले भने, ‘विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं।’

विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँडले टोलवासीहरुलाई आग्रह गरेका छन्।

नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीले बताइन्।

‘विदेशबाट फर्किएलाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं’, उनले भने, ‘उहाँहरुको इच्छा अनुसार होम क्वारेन्टाइनमा बस्न छाडेका छौं। बसे नबसेको नियमित अनुगमन हुन्छ।’

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको नियम पालना गरी सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ।

सोमबार र मंगलबार गरी नगरभित्रका १, २, ८, ९, ११, १२ र १३ नम्बर वडाका घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।

होम क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिइएको छ।

नगरका १४ वटै वडामा विदेशबाट आएकाको खोजी गरी अभिलेख राख्ने कामलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .