नेपालखबरकर्मी उजिर कार्कीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको छ।
नेपाली सेनाले आफ्नो २६२औँ स्थापना दिवसको अवसरमा बुधबार कार्कीलाई उक्त प्रशंसा निशान प्रदान गरेको हो।
सैनिक मञ्च टुँडिखेलमा भएको विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले कार्कीलाइ प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेका हुन्।
‘नेपालखबरका विशेष संवाददाता कार्कीलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटना उद्धार कार्यको सामयिक एवं तथ्यपरक समाचार सम्प्रेषण गरी जनमानसमा सही सूचना प्रवाह गर्न निर्वाह भएको भूमिकाको उच्च प्रशंसा गर्दै कदरस्वरूप ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको छ’, सेनाले भनेको छ।
यस्तै बाह्रखरी डटकमका विशेष सम्पादक हरिबहादुर थापा, प्रशासन डटकमका प्रधानसम्पादक, एसराज उपाध्याय, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी र अन्नपुर्ण पोष्टका धादिङ संवाददाता विकास रौनियारलाई पनि प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको छ।
Shares

प्रतिक्रिया