घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीमा २ खेलाडी परिवर्तन गरेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारविरुद्धको अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका हुन्।
आजको खेलमा नियमीत कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा सुरुवाती रोजाइमा आएकी छिन्। फरवार्ड रश्मिकुमारी घिसिङको ठाउँमा रेखा पौडेल पहिलो रोजाइमा छिन्।
मैदानमा उत्रिनुअघि एन्जिलाले भनिन्, ‘यस खेलबाट जित्ने मात्र होइन, इतिहास रच्ने क्षण पनि हो नेपालको लागि र नेपालको सम्मानको लागि।’
हेर्नुहोस् भिडिओ:
— Nepalkhabar (@nepalkhabar) February 26, 2025यो खेल जित्ने मात्र होइन, इतिहास रच्ने पनि हो: कप्तान एन्जिला तुम्बापो सुब्बा#NepalKhabar #एन्जिलातुम्बापोसुब्बा #InternationalWomensChampions pic.twitter.com/0OvLEJ39iU
म्यानमारले भने नेपालविरुद्धको अघिल्लो खेलबाट टोलीमा ८ खेलाडी परिवर्तन गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। खेल सुरुभनदा डेढ घण्टा अघि नै दर्शकले प्यारापिट भरिन लागेको छ।

Shares

प्रतिक्रिया