समाज


प्युठानमा वृद्ध दम्पतीको बीभत्स हत्या, घरभित्रै भेटिए शव

प्युठानमा वृद्ध दम्पतीको बीभत्स हत्या, घरभित्रै भेटिए शव

नेपालखबर
फागुन १०, २०८१ शनिबार २१:५९, काठमाडौँ

प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक वृद्ध दम्पतीको हत्या भएको छ।

अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, प्युठानका डीएसपी दीपेश बस्यालले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय, प्युठानलाई जानकारी गराएका थिए।

त्यसपछि घटनाबारे नजिकको प्रहरी चौकी तिरामबाट प्रहरी टोली गएको थियो। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बस्यालको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा गम्भीर चोट रहेको र उनीहरूको बीभत्स तरिकाले हत्या गरेको देखिएको छ।

घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad