समाज


‘नो केबलकार समूह’ लाई सरकारले फेरि वार्तामा बोलायो

‘नो केबलकार समूह’ लाई सरकारले फेरि वार्तामा बोलायो

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १८:२९, काठमाडौँ

पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहलाई सरकारले फेरि वार्तामा बोलाएको छ।  

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले पाथीभरा क्षेत्रमा केबरकार निर्माणको विषयलाई लिएर आन्दोलनरत समूहले उठाएको सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्या समाधानका लागि फेरि वार्तामा आउन आग्रह गरेका हुन्। 

उता नो केबलरकार समूहले भने मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्ने र मन्त्रीसँगै बसेर यसबारे टुंगो लगाउनुपर्ने माग राख्दै आएको छ। 

यसअघि भट्टराई नेतृत्वको टोलीसँग वार्ता भए पनि कुनै निष्कर्ष निस्किएन। बिहीबार मात्रै पनि पाथीभरामा केबलकार बनाउनुपर्ने र बनाउन नहुने भन्ने विषयमा विवाद हुँदा झडप भएको थियो। झडपले उग्ररुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो। झडपमा परेर एक स्थानीय र दर्जनबढी प्रहरी घाइते भएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad