पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-४ चुनपहारामा सकड चौडा पार्ने काम सुरु भएको छ। आज शुक्रबारदेखि सडक चौडा पार्न चुनपहाराको भित्ता काट्ने काम सुरु भएको हो।
यसले गर्दा सडकमा सवारी जाम बढेको छ। भित्ता आजदेखि चैत ९ (एकमहिना)लगाएर काटिँदैछ। सडक आंशिक बन्द गरेर सडक निर्माणको काम थालिएको हो।
उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मर्स्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले बताए।
Shares

प्रतिक्रिया