समाज


बल्खुमा पैदलयात्रुलाई ठक्कर दिएर भागेका कार चालक सातदोबाटोमा समातिए

बल्खुमा पैदलयात्रुलाई ठक्कर दिएर भागेका कार चालक सातदोबाटोमा समातिए

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २०:३८, काठमाडौँ

काठमाडौँको बल्खुमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

फागुन २ गते बेलुका १०ः३६ बजे कञ्चनपुर कृष्णपुर नगरपालिका घर भई हाल ललितपुरको हरिहरभवन बस्ने २१ वर्षका सुरेन्द्र धामीलाई कारले ठक्कर दिएको थियो। 

अपरिचित कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल ट्रमा सेन्टर लगिएको भएपनि राति ११ः३५ बजे मृत्यु भएको थियो।

घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटी वृत्तको टोलीले कार चालकलाई पत्ता लगाएर चार दिनपछि पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। 

अनुसन्धानका क्रममा रामेछापको गौसारा घर भई हाल ललितपुर खुमलटार बस्ने ३६ वर्षका राजु थापा मगर भएको खुलेको थियो।

उनले चलाएको बीएबी ४२८२ नम्बरको कारले सुरेन्द्रलाई ठक्कर दिएकोक भागेको सीसीटीभी फुटेजमा देखिएको थियो। उनलाई सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको हो। 

अदालतबाट ६ दिन म्याद लिएर कालीमाटी वृत्तबाट अनुसन्धान अगाडी बढाइएको एसपी बोहराले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad