आज (बुधबार) राति देशका पाँच प्रदेशमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको हो। यीमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ पर्ने सम्भावना अलि बढी रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
रातिको सम्भावित मौसमबारे सातै प्रदेशको विस्तृत विवरण तल:
कोसी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेश: तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
बागमती प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
कर्णाली प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
Shares

प्रतिक्रिया