भारतको कलिंगा इन्स्टिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले आइतबार राति क्याम्पसमा भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै आधिकारिक रुपमा माफी मागेको छ।
विश्वविद्यालयका उपकुलपति प्रो. सरञ्जित सिंहद्वारा जारी गरिएको माफी पत्रमा उक्त घटनालाई दुर्भाग्यपूर्ण भन्दै, विद्यार्थीहरूप्रति गरिएको व्यवहार अस्वीकार्य रहेको उल्लेख गरिएको छ।
विश्वविद्यालयले घटनाका क्रममा दुई व्यक्तिको क्रियाकलाप र अभिव्यक्तिको पनि निन्दा गर्दै उनीहरूलाई सेवाबाट हटाइएको जनाएको छ।
नेपाली विद्यार्थीहरूलाई विश्व विद्यालयको अभिन्न अंग भन्दै उनीहरूसँग गहिरो प्रेम र सम्मान रहेको दोहोर्याएका छन्।
विश्वविद्यालय प्रशासनले सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई पुनः कक्षामा फर्कन आग्रह गर्दै भविष्यमा यस्ता घटनाहरू नदोहोरिने प्रतिबद्धता व्यक्त गरेको छ।
केआईआईटीबाट निकालिएका विद्यार्थी भन्छन् : जनावरलाई झैँ कुटियो, अब फर्किँदैनौँ [भिडिओसहित]

Shares

प्रतिक्रिया