समाज


केआईआईटीबाट निकालिएका विद्यार्थी भन्छन् : जनावरलाई झैँ कुटियो, अब फर्किँदैनौँ  [भिडिओसहित]

केआईआईटीबाट निकालिएका विद्यार्थी भन्छन् : जनावरलाई झैँ कुटियो, अब फर्किँदैनौँ  [भिडिओसहित]

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १५:५६, काठमाडौँ

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँ रहेका नेपालीहरूलाई कुटपिट गर्दै निकालिएको छ। अहिले नेपाली विद्यार्थीहरू नेपाल फर्किन कलकत्तास्थित रेल स्टेशनमा रेल कुरेर बसिरहेका छन्। 

सार्वजनिक भिडिओमा कुटपिटपछि निकालिएका एक विद्यार्थीले होस्टेलबाट निकालिएका विद्यार्थीहरू अलपत्र परेका छन्। 

उनले भनेका छन्, 'होस्टेलबाट निकालिका विद्यार्थी बाटोमा अलपत्र परेका छौँ। कलकत्ता स्टेशनमा छौँ। खाने पैसा छैृन। घर फर्किन रेलको टिकट छैन। करिब ३०० जना नेपाली छौँ। के गर्ने कसो गर्ने कसरी जाने केही थाहा छैन।'

उनले कलकत्तास्थित रेल स्टेशनमा तीनसय नेपाली विद्यार्थी रहेको बताएका छन्।  होस्टेलका वार्डेनहरूले कुट्दै निकालेको बारे उनले थप भने, 'हामीलाई लात मारेर निकालियो। बल्ल हामी कलकत्ता पुग्दैछौँ। जनावर जस्तै कुटियो। सिनियर, जुनियर, केटाकेटी सबैलाई कुटियो।'

सार्वजनिक भिडिओमा अर्का विद्यार्थीले अब क्याम्पस फर्केर नजाने भन्दै पीडा पोखेका छन्। 
'अब कलेज नजाने। के थाहा भोलि फेरि बोलाएर के गर्छ' उनले भने। 

भिडिओमा अर्का विद्यार्थीले थपे, 'हामीले कजेलसँग समन्वय गरेर घटनाको अनुसन्धानमा सहयोग गर्छौँ भनिरहँदा हाम्रा भाइबहिनीहरूलाई कुटियो। बस बोलाएर कोचेर जबर्जस्ती पठाइयो।'


उनले सोमबारदेखि निकालिएका अधिकांश विद्यार्थीहरू भोकै यात्रा गरिरहेको पनि सुनाए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad