समाज


आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर: कर्णाली


नेपालखबर
फागुन ६, २०८१ मंगलबार ८:८, काठमाडौँ

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। तराईका थोरै भूभागमा हुस्सु /कुहिरो लागेको छ।

मौसम महाशाखाको आकलनअनुसार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले उल्लेख गरेको छ।

यस्तो छ आजदेखि ३ दिनसम्मको मौसम सम्भावना-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad