समाज


एकै महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु

एकै महिनामा साढे चार हजार गाडी दुर्घटना, १९९ जनाको मृत्यु

नेपालखबर
फागुन ५, २०८१ सोमबार १५:१७, काठमाडौँ

गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन्। कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए। उनका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन्। यो कुल दुर्घटनाको ५४ दशमलव ५५ प्रतिशत हो।

त्यसपछि जिप कार र भ्यान, माइक्रो २१ दशमलव २१ प्रतिशत दुर्घटना भएको छ। अन्यमा बस पाँच दशमल ५३, ट्रक, ट्याङ्कर छ दशमलव दुई, ट्याक्टर दुई दशमलव ३६ प्रतिशत र टेम्पो पाँच दशमलव १८ प्रतिशत दुर्घटना भएका छन्। अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटनामा परेको पाइएको छ।  

दुर्घटनाका कारण
सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ। चालकको लापरबाहीले एक हजार १७९ दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएका छन्। बटुवाले बाटो काट्दा पनि दुर्घटना भएका छन्। चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएका छन्।

१९९ को मृत्यु
ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन्। त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad