कारोबार


७ कम्पनीको सेयरमा ‘सर्किट ब्रेक’, १० अर्ब नाघ्यो कारोबार

७ कम्पनीको सेयरमा ‘सर्किट ब्रेक’, १० अर्ब नाघ्यो कारोबार

नेपालखबर
फागुन ५, २०८१ सोमबार १५:१७, काठमाडौँ

सेयरबजारले फेरि २७ सय विन्दु पार गरेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको हो।

साताको पहिलो दिन पनि नेप्से १९ अंकले बढेको थियो। 

अघिल्लो दिन ९ अर्ब नाघेको कारोबार आज १० अर्ब नाघेको छ। सोमबार १० अर्ब ४ करोड ९६ लाख बढीको सेयर किनबेच भएको हो। 

योसँगै १६६ वटा सेयरको मूल्य बढ्दा ७४ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

यस दिन ७ कम्पनीको सेयरमा सर्किट लागेको छ। ६ वटाको सकारात्मक सर्किट र १ वटाको नकारात्मक सर्किट लागेको हो। 

सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ, दिव्येश्वरी हाइड्रोपावर छन्। 

यी कम्पनीका लगानीकर्ताले क्रमशः प्रतिकित्ता २९७.६०, २६१.९०, २४८, ७६.२०, ५३.३०, ३२.५० रुपैयाँ आम्दानी गर्दा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने आज १४०.९० रुपैयाँ प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। 

सप्तकोशीको सेयरमा नकारात्मक सर्किट लागेको हो। यसबाहेक गुमाउनेले अधिकतम ६ प्रतिशतसम्म गुमाएका छन्। 

आज कारोबारतर्फ नेपाल पुनर्बीमा कम्पनी अगाडि छ। कम्पनीको ३२ करोडको सेयर किनबेच हुँदा लगानीकर्ताले सीईडीबी होल्डिंग्सको २७ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टठको २६ करोड, रिलायन्स फाइनान्सको २४ करोड र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोको १७ करोडको कारोबार गरेका छन्। 

आज जलविद्युत्, फाइनान्सको सूचक राताम्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad