बालिकालाई वेश्यावृत्तिमा लगाएकोक आरोपमा प्रहरीले स्पा सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका २६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालक काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला
गौतमलाई प्रहरीले पक्राउ गरेको हो।
उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको आरोप उनीमाथि छ। यस्तो आरोपमा पीडितको जाहेरी परेपछि पक्राउ गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
ठमेलबाट पक्राउ परेकी रमिलाविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँँबाट ७ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
291
Shares

प्रतिक्रिया