समाज


जनकपुरबाट स्रोत नखुलेको करिब ५८ लाखसहित तीन जना पक्राउ

जनकपुरबाट स्रोत नखुलेको करिब ५८ लाखसहित तीन जना पक्राउ

नेपालखबर
फागुन ५, २०८१ सोमबार १२:२८, काठमाडौँ

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित ३ जनालाई आइतबार दिउँसो धनुषा प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका ९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका ८ स्थित न्यू अनुष्का मनिट्रान्सफर ट्रेडर्सका कर्मचारी २६ वर्षीय जेनिस साह रहेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थानसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad