समाज


बारामा सुधार केन्द्रभित्र कुटपिट : एक युवकको मृत्यु, ७ जना पक्राउ

बारामा सुधार केन्द्रभित्र कुटपिट : एक युवकको मृत्यु, ७ जना पक्राउ

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:२, काठमाडौँ

बाराको नवजन्म सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। गएराति सुधार केन्द्रभित्र विवादले उग्ररुप लिएको थियो। विवाद बढ्दै गएपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए। 

महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्। 

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी तामाङले नेपालखबरलाई बताए। उनीहरूको कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा लगेका थिए। 

त्यसपछि प्रादेशिक अस्पताल लगेका थिए। तर अस्पतालले २/३ घण्टा पहिले नै मृत्यु भइसकेको बताएका थिए। 

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad