ग्लोबल


अमेरिकामा एप्पल र गुगल प्ले स्टोरमा फर्कियो टिकटक

अमेरिकामा एप्पल र गुगल प्ले स्टोरमा फर्कियो टिकटक

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:७, काठमाडौँ

अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक एप्पल र गुगल प्ले स्टोरमा फर्किएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा लगाइएको प्रतिबन्धलाई स्थगन गर्दै अप्रिल ५ सम्मका लागि राहत दिएका छन्।

अमेरिकामा टिकटक गत महिना बन्द गरिएको थियो।

तर ट्रम्पले प्रतिबन्धबाट ७५ दिनलाई छुट दिने कार्यकारी आदेशमा हस्ताक्षर गरे।

अमेरिकी कानुनअनुसार, टिकटक अरू कसैको स्वामित्वमा भएमा मात्र प्रतिबन्धबाट स्थायी रूपमा छुट पाउन सकिन्छ।

यस विषयमा प्रश्न गर्दा टिकटकले अहिलेसम्म कुनै जवाफ नदिएको बीबीसीले जनाएको छ। 

बाइडेन प्रशासनले चीनले टिकटक जासुसीका लागि प्रयोग गर्न सक्ने आरोप लगाएको थियो। तर चीन र टिकटकले आरोप अस्वीकार गरेका छन्।

डोनाल्ड ट्रम्प पनि आफ्नो पहिलो कार्यकालमा टिकटकमा प्रतिबन्ध लगाउने पक्षमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad