समाज


ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ

ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ

नेपालखबर
फागुन १, २०८१ बिहिबार १८:५८, काठमाडौँ

काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्व वियुका नेता कमल जोशी पक्राउ परेका छन्। 

सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार नयाँँ बानेश्वरबाट पक्राउ गरेको हो।

यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरी कुटपिटकै आरोपमा पक्राउ गरेको थियो।

माघ २४ गते उनीहरूसहित ५/६ जनाले ठमेलस्थित सडकमै हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। क्युआरटीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए।

तत्काल थप मद्दत टोली नजाँदा प्रहरीलाई पिट्ने र मोटरसाइकल तोडफोड गरेको समूह भागेको थियो।

यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ परेकालाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad