ad ad

समाज


कोरोनाको त्रासपछि जर्मनीमा नयाँ नियम, दुई जनाभन्दा बढी भेला हुन नपाइने

कोरोनाको त्रासपछि जर्मनीमा नयाँ नियम, दुई जनाभन्दा बढी भेला हुन नपाइने

नेपालखबर
चैत १०, २०७६ सोमबार ११:५,

यसैबीच जर्मन चान्सलर एंगेला मार्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएपछि मार्केल क्वारन्टाइन अर्थात् एकान्तवासमा बसेको एएफपीले जनाएको छ।

कोरोनाभाइरस प्रकोप नियन्त्रणका लागि जर्मनीमा दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो। एक टेलिभिजनमा सम्बोधन गर्नु हुदै चान्सलर मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्

सार्वजनिक स्थानमा एक व्यक्ति अर्का व्यक्ति भन्दा डेढ मिटर, सकिन्छ भने दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ।

कार्यालय वा चिकित्सककहाँ जान सकिने र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सकिने तर, अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको समाचारमा जनाइएको छ।

विश्वको १ सय ८० भन्दा बढी मुलुकमा फैलिसकेको कोरोनाका कारण ३ लाख ४० हजार बिरामी परेका छन्। कोरोनाका कारण हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

जर्मनीमा भने हालसम्म २६ हजार १ सय ९८ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ १ सय ११ को मृत्यु भइसकेको छ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .